१८३ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण
Published:
by .काठमाण्डौ । नेपालमा अहिलेसम्म एक सय ८३ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदेश १ मा आठ जना, प्रदेश २ मा ७८ जना, वाग्मती प्रदेशमा १६ जना र गण्डकी प्रदेशमा २० जना रहेका छन् ।
यस्तै, प्रदेश ५ मा १२ जना, कर्णाली प्रदेशमा २२ जना र सुदूरपश्चिम प्रदेशमा २७ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् ।
कोरोना सङ्क्रमण पुष्टि भएका स्वास्थ्यकर्मीहरुमा ६० जना महिला र एक सय २३ जना पुरुष रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
Comments