Sajhamanch Archive

कोरोनाका कारण धरानमा एक जनाको मृत्यु, प्रदेश १ मा मृत्यु हुनेको संख्या सात पुग्यो

Published: in प्रदेश तह, मुख्य समाचार, समाज, स्वास्थ्य by .

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणका कारण थप एक पुरुषको मृत्यु भएको छ।

मोरङको बूढीगंगा गाउँपालिका –२ घर भएका ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । ती पुरुषलाई उपचारका लागि एक साताअघि प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

आइसोलेसनमा उपचाररत उनको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको बताइएको छ । मृतकको शव अहिले आइसोलेसनमै रहेको छ । शव व्यवस्थापनका लागि सेनाको विशेष टोलीको जिम्मा लगाउने तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।

यसैबीच प्रदेश १ मा कोरोना कारण मृत्यु हुनेको संख्या सात पुगेको छ । मृतक सबै मोरङका रहेका हुन् । मृत्युु हुनेमा पनि चार जना विराटनगर महानगरपालिकाका मात्रै छन् । मोरङको सुनवर्षी र रंगेलीका गरेर दुई पुरुषको कोरोनाका कारण यसअघि नै मृत्यु भइसकेको छ ।

प्रदेश २ बाट उपचारका लागि ल्याइएका दुई जनाको पनि यस अघि बीपीमै मृत्यु भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *