Sajhamanch Archive

संजय दत्तलाई तेश्रो स्टेजको क्यान्सर

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by .

बलिउड नायक संजय दत्तलाई तेश्रो चरणको क्यान्सर भएको छ । उनलाई फोक्सोको क्यान्सर भएको हो । उनी, अब उपचारका लागि अमेरिका उड्नेछन् । केही दिन अगाडि श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए । उनको कोरोना रिपोर्ट पनि नेगिटिभ आएको थियो ।

भारतीय मिडियाका अनुसार, क्यान्सरको खबरले संजय स्तब्ध बनेका छन् । उनले तेश्रो स्टेजको क्यान्सरको उपचारका लागि केही समय अस्पतालमा विताउनुपर्नेछ । उनी, आफू निको हुनेमा आशावादी छन् ।

उनको रिपोर्ट हिजो मात्र आएको हो । संजयको यो रिपोर्ट सार्वजनिक भएपछि सलमान खान, अमिताभ बच्चन, अभिषेक बच्चन लगायतका नायकले फोन गरेका थिए तर उनले फोन नउठाएको भारतीय मिडियामा उल्लेख छ ।

यो बर्ष बलिउडमा नायक ऋषि कपुर र इरफान खानको निधन क्यान्सर रोगकै कारण भएको थियो । संजयले हिजो दिउँसो सामाजिक संजालमा ट्विट गर्दै आफूले केही समयका लागि कामबाट ब्रेक लिन लागेको जानकारी दिएका थिए । उनले, आफ्नो साथमा आफ्नो परिवार रहेको भन्दै कुनै पनि खालको अड्कलवाजी नगर्न पनि फ्यानहरुसँग आग्रह गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *