Sajhamanch Archive

आज रातिदेखि मेचीनगरमा लकडाउन

Published: in लोकप्रिय, समाज, स्थानीय तह by .

मेचीनगर । समुदायमा कोरोना संक्रमण ह्वात्तै बढे पछि मेचीनगर नगरपालिकामा ७ दिनका लागि लकडाउन गरिएको छ ।

आज राति १२ बजेदेखि भदौ ३ गतेसम्म मेचीनगर नगरपालिकामा लकडाउन गर्ने मेचीनगर नगरपालिकाले निर्णय गरेको छ ।

नगरपालिकाको निर्णय अनुसार नगर भित्रका अत्यावश्यक सेवा वाहेकका सबै प्रकारका उद्योग, व्यवसाय, सेवा, शैक्षिक संस्था, कार्यालय, व्यापार, होटल, पसल र सपिङ मल वन्द गर्ने । त्यस्तै मेचीनगर भित्र अत्यावश्यक र मालवाहक वाहेकका सवै सवारी साधन संचालन नगर्ने निर्णय गरेको नगरप्रमुख बिमल आचार्यले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *