चन्द्रगढीका युवाद्वारा निशुल्क मास्क वितरण
Published:
by .भद्रपुर । कोभिड–१९ (कोरोना भाइरस) संक्रमण जोखिम बढ्ने अवस्था देखिएको भन्दै रोकथामको पूर्व तयारीका लागि चन्द्रगढीका युवाहरूले माक्स नलगाई असुरक्षित यात्रा गर्नेलाई लक्षित गरी माक्स वितरण तीव्र बनाएका छन् ।
भद्रपुर १० र ७ का युवाहरूले चन्द्रगढीको लेखनाथ चौकमा खटिएका प्रहरी मार्फत वितरण गर्ने गरी आज (बुधवार) ५ सय माक्स यात्रीहरूलाई सुरक्षा सावधानीका लागि हस्तान्तरण गरेका छन् ।
समुदायमा कोरोना फैलन रोक्नका लागि प्राथमिक साधनका रूपमा माक्स अनिवार्य प्रयोग गर्ने बानी बसाल्न भद्रपुर १० का राजन न्यौपाने, रमेश भट्टराई, अमित भट्टराई, भद्रपुर ७ का प्रकाश अधिकारी, दिपेश न्यौपाने लगायतको सहयोगमा हालसम्म ९ सय माक्स लेखनाथ चौकबाट यात्रा गर्ने यात्रुहरूलाई वितरण गरिसकिएको छ ।
केही समययता माक्स लगाउन अनिवार्य गरेर झापा सदरमुकाम क्षेत्रमा प्रहरीले कडाइ गर्दै माक्स नलगाउने माथि कारवाही थालेपछि माक्न नभएका यात्रुले सास्ती नपाउन भनेर विभिन्न व्यक्ति तथा संस्थाहरूले निशुल्क माक्स वितरण अभियान चलाइरहेका छन् ।
Comments