Sajhamanch Archive

एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि आम्दा मेची अस्पताल बन्द

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by .

मेचीनगर । झापाको मेचीनगर १० स्थित आम्दा मेची अस्पतालको सवै सेवा बुधबारदेखि बन्द गरिएको छ । अस्पतालमा कार्यरत एकजना चिकित्सकमा नोवल कोरोना भाइस कोभिड १९ को संक्रमण फेला परेपछि उपचारका सवै सेवा बन्द गरिएको हो । हाल ती चिकित्सकलाई व्यवस्थितरुपमा अस्पतालकै अलग कोठामा राखिएको छ ।

नगरपालिकाले विगत १० दिनअघिदेखि आम्दा अस्पतालमा पुगेर उपचार गराउनेहरुको पहिचान गरी पीसीआर परीक्षणका लागि नमूना संकलन गर्ने बताईएको छ ।

झापाको मेचीनगर नगरपालिकामा चिकित्सकहित दोस्रोपटक समुदायमा नोवल कोरोना भाइस कोभिड १९ को संक्रमण फेला परेको छ । केहीदिन अघि मेचीनगर—१० धुलावारी बजारका १५ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएसँगै समुदायस्तरमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको थियो ।

त्यस लगत्तै संक्रमित युवाका परिवार सहित उनीसंग सम्पर्कमा आएका र अन्य शंकाष्पद ब्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरि पिसिआर परीक्षणका लागि १ सय २ जनाको थ्रोड स्वावको नमूना संकलन गरिएको थियो ।

मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले समुदायस्तरमा गएको शनिवार नमूना संकलन गरी परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाएको थियो । ती मध्ये मेचीनगर १० स्थित आम्दा मेची अस्पताल धुलावारीमा कार्यरत एक चिकित्सकसहित चारजनामा नोवल कोरोना भाइस कोभिड १९ को संक्रमण फेला परेको सामाजिक विकास समिति संयोजक नवीन बरालले जानकारी दिए । वरालका अनुसार मेचीनगर ७ का एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

उनी नेपाल प्रहरीमा कार्यरत सुरक्षाकर्मी हुन् । यस अघि संक्रमित देखिएका मेचीनगर १० का १५ वर्षीय किशोरका परिवारका २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नेपाल प्रहरीमा कार्यरत सुरक्षाकर्मी विदामा घर आएका हुन् । बाकी ५ जनाको रिपोट आउन बाकी छ ।

बुधबार पुष्टिभएका ४ जना सहित मेचीनगरमा कोरोना संक्रमितको संख्या १ सय पुगेको छ । चिकित्सक सहित समुदायस्तरमा एकै पटक ४ जनामा कोरोना संक्रमण देखिए पछि आगामी रणनीति बनाउन मेचीनगर नगरपालिको नगर स्तरीय कोरोना संक्रमण नियन्त्रण कार्यदलले नगरका विभिन्न राजनीतिक दल, संघ संस्थाका प्रमुख प्रतिनिधि सुरक्षाकर्मिसँग छलफल गरेको कार्यदलका संयोजक एवम् नगरप्रमुख विमल आचार्यले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *