Sajhamanch Archive

विद्युत प्राधिकरण वितरण केन्द्रका कर्मचारीको कोरोना संक्रमणका कारण मृत्यु

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by .

विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रमा कार्यरत एकजना प्राविधिकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

विराटनगर– ३ घर भएका ५७ वर्षिय पुरुषलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनलाई सोमबार कोशी अस्पतालमा ल्याइएको थियो । कोशीबाट धरान पठाउने तयारी भएपनि धरानले बेड नभएको बताएपछि कोभिड १९ उपचार केन्द्र विराटनगरमा भर्ना गर्न गरिएको थियो ।

कोभिड १९ उपचार केन्द्र विराटनगर प्रमुख डाक्टर दीपक सिग्देलले उपचारका क्रममा बुधबार दिउँसो ४ बजे मृत्यु भएको बताए ।

दाहाल थरका मृतक पुरुष नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका इलेक्ट्रिसियन हुन ।

मधुमेह तथा उच्च रक्तचापको विरामी भएका उनलाई कोरोना संक्रमण देखिएपछि श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु भएसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *