Sajhamanch Archive

कोरोनाका कारण विश्वमा सात लाख ५१ हजार बढीको मृत्यु

Published: in राष्ट्रिय समाचार, विश्व समाचार, स्वास्थ्य by .

काठमाडौ । महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणका कारण विश्वमा सात लाख ५१ हजार बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा छ हजार छ सय ३२ जनाले ज्यान गुमाएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या सात लाख ५१ हजार पाँच सय ४१ पुगेको हो । विश्वमा एकै दिन दुई लाख ७३ हजार नौ सय ४३ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या दुई करोड सात लाख ८५ हजार सात सय २९ पुगेको छ । एक करोड ३६ लाख ८१ हजार चार सय ८६ जना उपचारपछि निको भएका छन् । ६३ लाख ५२ हजार सात सय दुई जना उपचाररत रहेकोमा ६४ हजार छ सय ४६ जनाको अवस्था गम्भीर छ ।

विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा कोरोनाका कारण एक लाख ६९ हजार एक सय १२ जनाको मृत्यु भइसकेको छ । २४ घण्टामा ५३ हजार छ सय छ जना नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ५३ लाख ५९ हजार पाँच सय ६३ पुगेको छ । संक्रमितमध्ये २३ लाख ८६ हजार दुई सय १९ जना उपचाररत रहेकोमा १७ हजार तीन सय १६ जनाको अवस्था गम्भीर छ । २८ लाख चार हजार दुई सय ३२ जना उपचारपछि घर फर्किएका छन् ।

ब्राजिलमा हालसम्म ३१ लाख ७० हजार चार सय ७४ जनामा संक्रमण पुष्टि भएको छ । एक लाख चार हजार दुई सय ६३ जनाले ज्यान गुमाइसकेका छन् । सात लाख ५६ हजार सात सय ३४ जना उपचाररत छन् । आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।

भारतमा २३ लाख ९५ हजार चार सय ७१ जनामा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै ६७ हजार ६६ जना नयाँ बिरामी थपिएका छन् । ४७ हजार एक सय ३८ जनाको मृत्यु भइसकेको छ । १६ लाख ९५ हजार आठ सय ६० जनाले उपचारपछि कोरोना जितेका छन् ।

छ लाख ५२ हजार चार सय ७३ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *