Sajhamanch Archive

बारामा ३५ जनामा कोरोना संक्रमण पुष्टि

Published: in समाज, स्वास्थ्य by .

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा २५ जना पुरूष र १० जना महिला रहेका छन् । संक्रमित हुनेमा ५ वर्षकी बालिका देखि ६२ वर्षका रहेका छन् ।
नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिए अनुसार बुधबार बेलुकी प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा बारा जिल्लाका १ जना र पर्सा जिल्लाका ३४ जनासहित थप ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *