Sajhamanch Archive

भारतका पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था थप गम्भीर

Published: in विश्व समाचार, स्वास्थ्य by .

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था थप गम्भीर बन्दै गएको छ । शल्यक्रिया पश्चात् आजसम्म पनि उनको स्वास्थ्यमा कुनै सुधार नआएको उनको उपचारमा संलग्न डाक्टरलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले खबर लेखेका छन् ।

गएको साउन २६ गतेदेखि दिल्लीको आर्मी आरआर अस्पतालमा उपचाररत छन । उनको अवस्था थप चिन्ताजनक बन्दै गएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अवस्था चिन्ताजनक भएपछि बचाउनका लागि मुखर्जीको मस्तिष्क शल्यक्रिया गर्नुपरेको अस्पतालले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *