Sajhamanch Archive

सीटीईभीटीको परीक्षा स्थगित

Published: in राष्ट्रिय समाचार, शिक्षा by .

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले भदौ दोस्रो साता लिने भनेको परीक्षा स्थगित गरेको छ ।

सरकारले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन १६ भदौबाट मात्रै गर्न पाइने निर्णय गरेपछि परीक्षा स्थगित गरेको सीटीईभीटीका प्रवक्ता अनोज भट्टराईले जानकारी दिए ।

१ भदौबाट परीक्षा सञ्चालन गर्न पाइने सरकारको निर्णय अनुसार सीटीईभीटीले नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित परीक्षाको तालिका प्रकाशित गरेको थियो ।

परीक्षाको अर्को तालिका कोभिड–१९ को संक्रमण कम भएपछि तीन हप्ताको समयावधि राखेर प्रकाशन गरिने प्रवक्ता भट्टराईले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *