थप ५२५ जनामा कोरोना संक्रमण, १०९ जना डिस्चार्ज
Published:
by .झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप ५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ८५९ जनाको परीक्षणमा ५२५ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या २४ हजार ९५७ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ८३७ पुगेको छ ।
Comments