Sajhamanch Archive

कोरोना रोकथामका लागि गरिएको निर्णय कमल गाउँपालिकाले कडाईका साथ लागु गर्ने

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by .

कमल । विश्व व्यापीरुपमा फैलिएको कोभिड १९ को रोगथाम र नियन्त्रणका लागी कमल गाउँपालिकाले गरेको निर्णय कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाइएको छ ।

गाउँपालिकाले यस अघि अत्यवाश्यक बाहेकका अन्य व्यवसायलाई विहान ८ बजेदेखि ४ बजे सम्ममा सञ्चालन गर्ने निर्णय गरेको थियो । निर्णय कार्यन्वयन फितलो देखिएपछि सर्व पक्षीय भेलाले पालिकाले गरेको निर्णय भन्दा बाहिर कोही पनि जान नहुने बताएका छन् ।

स्थानीय राजनीतिक दल, संघ संस्थाका प्रतिनिधि उद्योग वाणिज्य संघ, बजार समिति, टोल विकास सस्था सुरक्षा निकायले समेत निर्णय कार्यन्वयानमा प्रतिवद्धता जनाएको कमल गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष नरप्रसाद दंगालले जानकारी बताए ।

बैठकले अत्यावश्यक सेवा वाहेकका अन्य व्यवसाय, पसल र होटल विहान ८ बजे देखि अपरान्न ४ बजे सम्म मात्र सन्चालन गर्ने । व्यवसायीले आफ्नो व्यवसाय सञ्चालन गर्दा अनिवार्य रुपममा सेनिटाईजर, साबुन पानीको प्रयोग गरी सामाजिक दुरी कायम राखेर मात्र सामान विक्री वितरण गर्नु पर्ने भेलाको निर्णय रहेको छ ।

त्यसैगरी अर्को सुचना जारी नहुन्जेल सम्मका लागी स्थानिय हाट बजार पूर्ण रुपमा बन्द गर्नु पन गाउँपालिकाले जनाएको छ । २५ जान भन्दा बढी मानिस जम्मा हुनेगरी कुनै पनि प्रकारको सभा, सम्मेलन, भेला सन्चालन गर्न रोक लगाइएको छ ।

त्यसैगरी सिटी सफारी, टेम्पो चालकले अनिवार्य रुपमा मास्क र सेनिटाईजर प्रयोग गर्ने र एक पटकमा २ जना भन्दा बढी यात्रु बोक्न नपाईने तथा अति आवश्यक काममा बाहेक घर बाहिर हिडडुल नगर्न समेत गाउँपालिकाले अनुरोध गरेको छ । आवश्यकीय कामले घर बाहिर निस्कनु परेमा सुरक्षा अपनाई मात्र निस्कन गाउँपालिकाले आग्रह गरेको छ । बैक तथा वित्तीय संस्थाले सुरक्षा अपनाई सामाजिक दुरी कायम गरेर मात्र सेवा दिनु पर्ने सर्वपक्षीय भेलाले निर्णय गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *