Sajhamanch Archive

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने महिला भन्दा पुरुषको संख्या दोब्बर बढी छ। कोरोना पुष्टि भई मृत्यु हुने पुरुषको संख्या ७३ र महिलाको संख्या २२ रहेको छ ।

हालसम्म प्रदेश २ मा २८ पुरुष, ११ महिला, बागमतीमा १३ पुरुष, पाँच महिला ,प्रदेश ५ मा ९ पुरुष, तीन महिला, प्रदेश १ मा आठ पुरुष, गण्डकी प्रदेशमा ६ पुरुष, सुदूरपश्चिममा पाँच पुरुष, तीन महिला र कर्णालीमा चार जना पुरुषको मृत्यु भएको हो।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफ्रिङमा प्रवक्ता प्रा डा. जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *