Sajhamanch Archive

सहकारीको घरदैलो नगद संकलन कार्य बन्द गर्न महासंघको अपिल

Published: in समाज, सहकारी by .

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले कोरोना संक्रमणको जोखिम बढेकोले सहकारीहरुलाई घरदैलो नगद संकलन तथा भुक्तानी कार्य बन्द गर्न आग्रह गरेको छ ।

महासंघले विज्ञप्ती जारी कोरोना संक्रमणको उच्च जोखिम भएकोले संक्रमणबाट जोगिनकालागि सम्पूर्ण सहकारी संघ संस्थाहरुलाई आलोपालोमा ५० प्रतिशत जनशक्तीबाट कार्यालय संचालन गर्न भनेको छ ।

त्यसंगरी महासंघले कार्यालयको समय सिमा समेत घटाउन भनेको छ ।सहकारी संस्थाहरुलाई सकभर प्रविधिको प्रयोग र सम्पर्क ब्यक्ती तोकेर सेवादिन आग्रह गरेको हो । साथै महासंघले बैठक सेमिनार जस्ता कार्यहरु भच्र्यूअल गर्न र साधारण सभाको तयारीकालागि लाग्न अनुरोध गरेको छ । सदस्यलाई स्वास्थ्य सम्वन्धि समस्या देखिएमा तुरुन्त उपचारकालागि समन्वय गरिदिन विज्ञप्तीमार्फत आग्रह गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *