Sajhamanch Archive

एट्लेटिकोलाई स्तब्ध बनाउँदै लाइपजिग च्याम्पियन्स लिगको सेमिफाइनलमा

Published: in खेलकुद by .

एजेन्सी । स्पानिस क्लब एट्लेटिको मड्रिडलाई स्तब्ध बनाउँदै जर्मन क्लब आरबी लाइपजिग पहिलो पटक युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । टेलर एडम्सले खेल सकिन दुई मिनेटअघि निर्णायक गोल गरेपछि लाइपजिगले एट्लेटिकोलाई २-१ ले पराजित गरेको हो ।

लाइपजिगले अब फाइनल प्रवेशका लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँग खेल्नेछ ।

पोर्चुगलको लिस्वनमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर ५०औं मिनेटमा डानी ओल्मोले गोल गर्दै लाइपजिगलाई अग्रता दिलाए । ७१औं मिनेटमा जाओ फेलिक्सले पेनाल्टीमार्फत एट्लेटिकोका लागि बराबरी गोल फर्काए ।

८८औ मिनेटमा एडम्सले गोल गर्दै लाइपजिगलाई २-१ को अग्रता दिलाए । लाइपजिग युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगितामा पहिलो पटक अन्तिम चारमा पुगेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *