मास्क प्रयोग नगर्ने ४ लाख १९ हजार व्यक्ति कारबाहीमा
Published:
by .काठमाडौं । सरकारले मास्क प्रयोग नगर्ने ४ लाख १९ हजार व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ । सरकारले नेपालमा फैलँदै गएको कोभिड–१९ का कारण बन्दाबन्दी गरेपछि मास्कको प्रयोग नगर्ने देशभरका व्यक्तिलाई नियन्त्रणमा लिई सम्झाईबुझाई छोड्नाका साथै जरिवनासमेत गरेको हो ।
गृह मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा मास्क प्रयोग नगर्ने ४,१९,५३८ जनालाई नियन्त्रणमा लिएर ३,५४,५८३ सम्झाई बुझाई छाडिएको र ३९,५०७ जनालाई मास्क वितरण गरी सम्झाई बुझाई गरेर छाडिएको जनाईएको छ । त्यस्तै २५,२०७ जनालाई भने जरिवाना तिराईएको छ ।
गृह मन्त्रालयका अनुसार अनुमति विना काठमाडौँ उपत्यका प्रवेश गर्न खोज्ने १९,४८३ यात्रु र ७,६३५ सवारी साधन प्रवेश नाकाबाटै फिर्ता गरिएको छ ।
Comments