Sajhamanch Archive

नेपाल प्रवेश गर्ने भारतीयलाई रजिष्ट्रेशन प्रणाली, भारतमा खैलाबैला

Published: in विविधा, समाज by .

काठमाण्डौ । नेपालका गृहमन्त्री रामबहादुर थापाले सडक मार्ग भएर नेपाल आउने भारतीयहरूप्रति लक्षित गरेर रजिष्ट्रेशन (नामावली दर्ता) प्रणाली अपनाउने घोषणा गरेका छन् ।

नेपाल–भारत सीमासम्बन्धी संसदीय समितिको बैठकमा गृहमन्त्री थापाले भने, ‘नेपाल सरकार, भारतदेखि सडकमार्ग भएर आउने भारतीय नागरिकहरूका लागि रजिष्ट्रेशन गर्ने व्यवस्थाको तयारी भइरहेको छ, यसका लागि आइडी कार्ड सिस्टम एक माध्यम हो । कोरोना महामारीको बेला यो सिस्टम लागू गर्न गइरहेका छौं । कोरोना महामारीको बेला भारतबाट आउनेहरूको रेकर्ड राख्न थालिएको छ, ता कि महामारी फैलनबाट रोक्न सकियोस् । भविष्यमा पनि यो कदम दुई मुलुकबीचको सीमा सुरक्षाको सन्दर्भमा सहयोगी हुन्छ ।’

नेपाल–भारत सीमा सुरक्षालाई लिएर उक्त समितिको बैठकमा गृहमन्त्री थापाले राखेको प्रस्तावबारे भारतको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । सामान्यतया कुनै भारतीय नागरिक नेपाल आउँदा आइडी ९परिचय–पत्र० देखाउनु पर्दैन । तर रजिष्ट्रेशनको मुद्दा नयाँ हो ।

यसको पछाडि नेपाल सरकारले कोरोना महामारीसँग जोडेर जिकिर गरिरहेको छ । पछिल्लो केही महिनायता दुवै मुलुकको सम्बन्ध पहिलेजस्तो मैत्रीपूर्ण देखिएको छैन । यसर्थ अहिले यस्तो समय आएको छ कि दुई मुलुकका सरकारले केही बोल्नासाथ तत्काल चर्चामा आउने गरेको छ ।

नेपालमा कोरोना
नेपालमा कोरोनाको अवस्थाबारे बुझ्ने हो भने करिब २४ हजार कोरोना पोजेटिभ देखिएका छन् । कोरोनाबाट मृत्यु हुनेहरूको सङ्ख्या ९१ जना रहेको छ । जब कि भारतमा कोरोनाको कुल सङ्क्रमित सङ्ख्या २३ लाख बढी छ । विदेशबाट आउनेहरूलाई नेपाल सरकारले २४ मार्चदेखि प्रतिबन्ध लगाएको छ । तर भारत र नेपालबीचको सीमा भए पनि कोरोना महामारीको बेला पनि सडकमार्ग भएर आवागमन जारी छ ।

बीबीसी नेपाली सेवाकी संवाददाता रमा पराजुलीका अनुसार नेपाली जनताबीच यस्तो सोच छ कि भारतदेखि नेपाल आउनेहरूबाटै कोरोना सङ्क्रमणको दर बढिरहेको छ । यसर्थ केही सङ्गठनहरूले सरकारसँग आवागमन नियन्त्रण गर्न माग गरेका थिए । नेपाल सरकारको कोरोना मामलाका प्रवक्ता जोगेश्वर गौतमले पनि यही कुरा स्थानीय मिडियासँग गरेका थिए ।

नेपालमा कोरोनाको स्थितिको बारेमा त्यहाँको स्वास्थ्य विशेषज्ञको विश्लेषण यो छ कि काठमाडौंमा कोरोना समुदायस्तरमा फैलिसकेको छ । नेपाल सरकार कोरोनाबाट यसर्थ पनि चिन्तित भएको छ कि काठमाडौंमा वृद्धवृद्धाको जनसङ्ख्या बढी छ । ती वृद्धवृद्धाहरू कोरोनाको चपेटामा आउन सक्ने आशङ्का गरिएको छ ।

नेपाल–भारतबीचको सीमा नाकाहरू नेपालगञ्ज, वीरगञ्ज र बुटवल कोरोनाको ‘हटस्पट’ को रूपमा विकसित भएका छन् । यही कारणले नेपालले भारतीय नागरिकको आवागमनलाई रोक्न रजिष्ट्रेशन सिस्टममा लैजान खोजेको हो ।

संवाददाता रमा भन्छिन्, ‘कतिपय भारतीय नागरिक नेपालमा उपचारका लागि आउने गरेका छन् । कतिपय कामको सिलसिलामा नेपाल आउने गरेका छन् । सरकारको यो कदमले कोरोनासँगको लडाइँमा कति फाइदा पुग्छ, त्यसको अनुमान भने अहिले गर्न सकिन्न ।’

तथ्यमा हेर्ने हो भने नेपाल सरकारको यो नयाँ नीतिपछि भारतबाट नेपाल आउनेहरूको सङ्ख्यामा कमी भने आएको छ । आधिकारिक रूपमा भन्ने हो भने पछिल्लो समयमा सात जनामात्र नेपाल आएको देखिन्छ । जब कि अरूबेला हजारौं नागरिकको आवागमन हुँदै आएको थियो । कति जना भारतीयले नेपालमा कोरोना फैलाए भन्ने तथ्य भने नेपाल सरकारसँग छैन ।

नेपालको जिकिरमा कति छ दम ?
जेएनयुका प्राध्यापक एसडी मुनि भन्छन्, ‘नेपाल सरकारको यो नीतिले जनता त रिसाउने नै छन्, यो पनि सम्भव छ कि भारत सरकार पनि दुःखी हुनेछ । तर नेपाल सरकारको कोरोना रोक्ने जुन यो जिकिर छ, यसलाई फेस भ्याल्युको आधारमा अस्वीकार पनि गर्न सकिन्न । भारत सरकारले पनि त कोरोनाको महामारीमा विदेशबाट आउनेहरूको रजिष्ट्रेशन गर्दै आएको छ । जहाँसम्म परिचय–पत्रको सवाल छ, त्यो सदाका लागि दुई मुलुकबीचको यात्रामा जरुरी दस्तावेजको रूपमा रहेको मान्न सकिन्छ ।’

नेपाल र भारतबीच आवागमनका लागि भिसा र पासपोर्ट आवश्यक पर्दैन । यस्तोमा पहिचानको लागि परिचय–पत्र देखाउने पुरानै चलन हो । प्राध्यापक मुनिलाई लाग्छ, भारतमा कोरोनाको ग्राफ बढ्नु आफैमा खतराको सङ्केत हो । यस्तोमा नेपालबाट कोरोनाको नाममा भारतीय नागरिकको रजिष्ट्रेशनको कुरा आएको छ त यसलाई शङ्काको नजरले हेर्नु हँुदैन ।

यस्तो कदम उठाउनु प्रत्येक मुलुकको आफ्नो अधिकार हो ।
मुनि यो पनि मान्छन् कि कहिलेकाहीँ दुई मुलुकबीचको सम्बन्ध राम्रो भएको बेला दुःखी बनाउने कुुरामा पनि दुःखी हुँदैनन् तर खराब सम्बन्ध भएको बेला बिना कारण पनि एकापसमा दुःखी हुने आजको परिस्थितिमा भारत र नेपालबीच लागू भएको छ ।

भारत र नेपालबीचको सम्बन्धलाई नजिकबाट नियालिरहेकी डा। स्मृति एस। पटनायक भने एसडी मुनिसँग पूर्णरूपमा सहमत छैनन् । उनकाअनुसार यदि कोरोनाको नाममा नेपाल सरकारले यस्तो कदम चाल्छ भने उसले भारतदेखि नेपाल जाने– आउने नेपालीको पनि रजिष्ट्रेशन गर्नुपर्छ, केवल भारतीय नागरिकलाई मात्र रजिष्ट्रेशन गर्नु हुँदैन । कोरोना त जोकोहीले फैलाउन सक्छ । उनी भन्छिन्, ‘यदि यस्तो हो भने यो दुवै मुलुकको खराब सम्बन्धको कारण भारतीयलाई लक्षित गरेर मात्र गरिएको हो ।’
बीबीसी हिन्दी सेवाबाट अनुदित

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *