Sajhamanch Archive

दमकमा समुदायमा कोरोना संक्रमण, ७ जनामा पिसिआर पोजेटिभ देखियो

Published: (Updated: ) in मुख्य समाचार, विविधा, स्थानीय तह, स्वास्थ्य by .

दमक । झापाको दमकमा समुदायमा कोरोना संक्रमण पुष्टि भएको छ । विद्युत प्राधिकरणमा काम गर्ने ५ कर्मचारीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दमकका एक जना विमारी धुलिखेल अस्पतालमा जाँच गर्दा कोरोना देखिएसंगै दमकका नयाँ ७ जनामा कोरोना पोजेटिभ देखिएको हो । एकजना भारतबाट आएकी महिला भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

दमक नगरपालिका स्वास्थ शाखाका अनुसार संक्रमित मध्ये दमक ५ की एक महिला हुन भने अन्य ५ जना भने कर्मचारी रहेको नगर स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले जानकारी दिए । पाँच जना विद्यत प्राधिकरणमा काम गर्ने कर्मचारी रहेको बताइएको छ ।

भारतबाट आएकी महिला भने होम क्वारेन्टाइनमा बसेकी थिइन् ।

गत बुधबार १०७ जनाको मास टेस्टीङ गरि पिसिआर परीक्षण गर्दा ती ६ जनाको रिपोर्ट भने पोजेटिभ आएको अधिकृत भट्टराईले जानकारी दिए ।

विहीबार स्वाव संकलन गरिएको दुई सय जनाको पिसिआर परीक्षणको रिपोर्ट भने आउन बाँकी रहेको छ ।

संक्रमितलाई कोभिड अस्पतालको आइशुलेसनमा पठाउने तयारी भइरहेको दमक नगरपालिकाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *