Sajhamanch Archive

मेची अस्पताल भद्रपुरबाट १७ जनाले कोरोना जितेर घर फर्के

Published: in राष्ट्रिय समाचार, स्थानीय तह, स्वास्थ्य by .

विर्तामोड । मेची अस्पताल भद्रपुरबाट शुक्रबार १७ जनाले कोरोना जितेर घर फर्किएका छन् । उनीहरु कोरोना संक्रमण मुक्त भएपछि अस्पतालले डिस्चार्ज दिएको हो ।

अस्पतालमा भर्ना भएका १७ जनाको १० दिनमा पिसिआर परीक्षणको रिर्पोट नेगेटिभ आएको अस्पतालका डा. गोविन्द कडेलले जानकारी दिए । डा. कडेलका अनुसार रिर्पोट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

मेची अस्पतालका फिजिसियन डा. गोविन्द कँडेलका अनुसार उक्त अस्पतालको आइसोलेसनमा भर्ना भएको करिब १० दिनमा गरिएको पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनीहरू अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनीहरु झापाबासी हुन् ।

१८ जनाको रिपोर्ट नेगेटिभ आए पनि १० वर्षीय बालिकाको अझै पनि पोजिटिभ रिपोर्ट आएकाले १७ जनालाई मात्र डिस्चार्ज दिइएको डा. कँडेलले जानकारी दिए । मेची अस्पतालमा २२ जनाको क्षमता भएको आइसोलसनमा अब पाँचजना सङ्क्रमित उपचाररत् छन् । उनीहरुको सुरक्षित उपचार भइरहेको अस्पतालले जनाएको छ । केहि दिनमै मेची अस्पतालले नयाँ भवनमा औसोलेशन राख्ने तयारी गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *