सिन्धुपाल्चोक पहिरो : सात जनाको शव भेटियो, ३१ जनाको खोजी हुँदै
Published: (Updated: )
by .सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं.२ को लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परि हराएकामध्ये सात जनाको शव भेटिएको छ ।
पहिरोमा पुरिएर सात जनाको ज्यान गएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्ज्वल महर्जनले जानकारी दिए । पहिरोमा परेकामध्ये ३१ जना अझै हराइरहेका छन् । उनीहरुको खोजी भइरहेको छ ।
पहिरोमा परि घाइते भएका पाँच जनाको उद्धार गरिएको छ । घाइतेलाई हेलिकप्टरमार्फत चौतारा र काठमाण्डौ पठाइएको महर्जनले बताए ।
Comments