Sajhamanch Archive

अर्थमसिति सुरूमै आक्रामक : पाँचवर्षे कार्यसम्पादन पेस गर्न निर्देशन

Published: in अर्थतन्त्र by .

काठमाडौं ।  अर्थमसितिको पहिलो बैठकले अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग र लगानी बोर्डलाई तीन दिनभित्र विवरणसहित समितिमा उपस्थित हुन अधिकारीहरूलाई निर्देशन दिएको छ।

सोमबार बसेको बैठकले पाँच वर्षमा दिएको निर्देशनको कार्यान्वयन सहितको विवरण लिएर उपस्थितको लागि निर्देशन दिएको हो।

अर्थ समितिको पहिलो बैठकले गरेका निर्णय १. अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग र लगानी वोर्डसँग तीन दिनभित्र समितिमा आइपुग्ने गरी देहायका विवरण माग गर्ने।

समितिले विगत पाँच वर्षमा दिएका निर्देशन कार्यान्वयनको अवस्था, निर्देशन कार्यान्वयन नभएको भए कार्यान्वयन नहुनुका कारण, कार्यान्वयन गर्ने  जिम्मेवार पक्ष र कार्यान्वयनको भावी कार्ययोजना,  विगत पाँच वर्षमा राजश्व, पूँजिगत खर्च, वैदेशिक सहायता लगायतको लक्ष्य र प्रगति सहितको बजेट कार्यान्वयनको अवस्था र प्रवृत्तीको विवरण,  विगत पाँच वर्षको आयात निर्यात लगायतका समष्टिगत आर्थिक परिसूचकहरुका लक्ष्य र प्रगतिको अवस्था/प्रवृत्ति,  सहश्राब्दी विकास लक्ष्यका प्रगति र दिगो विकास लक्ष्यका हाल सम्मका उपलब्धीका साथै भावि कार्ययोजना,  लगानीबोर्डका हालसम्मका कामकारवाहीको विवरण,  राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका काम कारवाही, राजश्व वाँडफाडका आधार र सिफारिस, राष्ट्रिय योजना आयोगले आगामी राष्ट्रिय जनगणना गर्नको लागि गरेका तयारी सँग सम्बन्धित काम कारवाही र आर्थिक गणनासँग सम्बन्धित भएका काम कारवाहीको विवरण।

-थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *