Sajhamanch Archive

आज रातिबाट काठमाडौंमा यी काम गर्न नपाइने

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौ । काठमाडौं जिल्ला प्रशासन कार्यलयले उपत्यकामा कोभिड १९ संक्रमण बढ्दै गएको भन्दै एक दर्जनभन्दा बढि काम कारवाही र व्यवसाय गर्न निषेध गरेको छ ।

काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले शुक्रबार आदेश जारी विभिन्न निषेधित गरिएका गतिविधिहरु सार्वजनिक गरेका छन् ।

खुल्ला स्थानमा मानिस भेला र जम्मा हुन पाइने छैन । भीडभाड सभा र जुलुस गर्न, जात्रा महोत्सव सञ्चालन तथा दैनिक नित्यपूजा बाहेक सम्पूर्ण धार्मिक गतिविधि पनि बन्द गर्नुपर्नेछ ।

त्यसैगरी स्वास्थ्य मापदण्ड विपरितका गतिविधि, धार्मिक तथा सांस्कृतिक कार्यसम्बन्धी जमघट लगायतलाई निषेध गरिएको दाहालले जारी गरेको सूचनामा उल्लेख छ । यो नियम साउन ३० गते राति १२ बजेबाट भदौ १५ गतेसम्म लागू हुनेछ ।

यस्ता छन् निषेध गरिएका गतिविधिहरु ?

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *