Sajhamanch Archive

समाचार लेखेकै कारण प्रहरीले कुट्यो पत्रकार

Published: in मिडियाबाट साभार, समाज by .

काठमाडौं । डाक्टरको लापरबाहीले महिलाले ज्यान गुमाएको भन्दै मृतकका आफन्तले शुक्रबार जनकपुरको नवजीवन अस्पतालमा डाक्टरलाई कारबाही र क्षतिपूर्तिको माग गर्ने क्रममा प्रहरीले धरपकड गरेको छ।

त्यस क्रममा समाचार संकलन गर्न गएका पत्रकार सन्तोष यादवसहितका पत्रकारलाई प्रहरीले कुटपिट गरेको छ। आफू पत्रकार भएको जानकारी दिएर परिचयपत्रसमेत देखाउँदा पनि प्रहरीले लाठी प्रहार गरेको उनले बताए।

‘आज बिहान डाक्टरको लापरबाहीले महिलाको मृत्यु शीर्षकमा समाचार लेख्ने तैं हैनस् भन्दै प्रहरीले ममाथि पटक पटक लौरो प्रहार गर्‍यो,’ यादवले भने, ‘मलाई मात्र हैन, मेरो साथी सिवेन्द्र रोइतालाई पनि प्रहरीले पिट्यो।’ समाचार संकलन गर्न गएका पत्रकारको क्यामेरा समेत प्रहरीले खोसेको र त्यहाँ रहेको भिडियोसमेत प्रहरीले डिलिट गरिदिएको उनले बताए।

बिहीबार राति जनकपुरको नवजीवन अस्पतालमा ३५ वर्षीया रुकमणी सदाले ज्यान गुमाएकी थिइन्। मृत्युप्रति अस्पताल जिम्मेवार हुनुपर्ने र क्षतिपूर्तिसहित डाक्टरमाथि कारबाही गरिनुपर्ने मागसहित मृतकका आफन्तले अस्पताल घेराउ गरेका थिए।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *