Sajhamanch Archive

कोरिया जाने नेपाली कामदारले तिर्नुपर्ने हवाई भाडा घट्यो

Published: in राष्ट्रिय समाचार by .

|unn.prixa.net

काठमाडौं ।   कोरिया जाने नेपाली कामदारले तिर्नुपर्ने हवाई भाडा घटेको छ । हवाई भाडा निर्धारणका लागि आह्वान गरिएको बोलपत्रमा सी लिङ्क्स ट्राभल एण्ड टुर्सको कम भाडामा लाने प्रस्ताव स्वीकृत भएपछि भाडा घटेको हो।

भाडा घटेको बारे जानकारी दिन विभागमा गरिएको पत्रकार सम्मेलनमा कोरिया जान आजबाट टिकट बुकिङ गर्ने कामदारले अहिलेको भन्दा १२ हजार ९ सय ८० रुपैयाँ कम पैसा तिर्दा पुग्ने जानकारी दिइएको हो ।

अहिलेसम्म कोरिया जाने कामदारले ५८ हजार २ सय ७२ रुपैयाँ बुझाउँदै आएका थिए । यसअघि कोरिया जाने नेपाली कामदारले हवाइ भाडाका लागि ५ सय ३० अमेरिकन डरल तिर्दै आएका थिए । भाडा घटेपछि अब कामदारले ४ सय ११ अमेरिक डलर अर्थात ४५ हजार २ सय ९२ रुपैयाँ मात्रै हवाई भाडा तिर्नु पर्नेछ ।

इपिएस प्रणाली मार्फत अहिले वर्षमा ८ जना नेपाली कोरिया जाने गरेका छन् । भाडा घटेपछि भाडामा हुने खर्चबा १० करोड रुपैयाँ बचत हुने वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले जनाएको छ ।

– उज्यालो 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *