Sajhamanch Archive

आजको मौसम पूर्वानुमान

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । मनसुनी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले आज मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेकाले अझै वर्षाको सम्भावना रहेको औँल्याएको छ । हाल देशभर सामान्य बदली रही प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो शभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश ,प्रदेश नं ५ , कर्णाली प्रदेश, र सुदुर पश्चिम प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार राति देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  प्रदेश १, गण्डकी प्रदेश , प्रदेश नं ५, कर्णाली प्रदेर सुदुर पश्चिम प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *