Sajhamanch Archive

सिन्धुपाल्चोकमा पहिरोमा हराइरहेकाहरुको खोजीमा समस्या

Published: in मिडियाबाट साभार, समाज by .

सिन्धुपाल्चोक । पहिरो प्रभावित सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं.२ मा आज हल्का पानी परिरहने भएकाले हराइरहेकाहरुको खोजीमा समस्या हुने देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार आज पहिरो प्रभावित क्षेत्रमा ठूलो पानी नपरे पनि हल्कादेखि मध्यम खालको पानी पर्दै रोकिँदै पर्ने क्रम चलिरहनेछ ।

त्यहाँ राति पनि पानी परेको उनले जानकारी दिए । पहिरोमा परेर हराइरहेकाहरुको खोजी सुरु गरिएको छ । हिजो दिनभरि खोजी गर्दा ११ जनाको शव भेटिएको थियो ।

२८ जनाको अवस्था अझै थाहा हुन सकेको छैन । घाइते ५ जनाको भने सदरमुकाम चौतारामा उपचार भइरहेको छ । हराइरहेकाहरुको खोजी सुरु गरिएको र शव भेटिएकाहरुको सामूहिक अन्त्येष्टि गर्ने तयारी भएको गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिए ।

पहिरोले ३७ वटा घरमा नोक्सानी पुर्याएको र त्यसमध्ये १३ वटा घर पूरै भत्किएका गाउँपालिकाले जनाएको छ ।

स्रोत : उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *