Sajhamanch Archive

बुटवलमा कपिलवस्तुका कोरोना संक्रमितको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा, स्वास्थ्य by .

बुटवल । बुटवलमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुको मायादेवी गाउँपालिका–७ का ४२ वर्षीय एक पुरुषको ज्यान गएको हो । उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो ।

अस्पतालका अनुसार मृतकको शुरुआती रिपोर्ट नेगेटिभ आए पनि जिन एक्सपर्ट मेशिनमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *