Sajhamanch Archive

 छिमेकीको फलामे गेटले किचेर बिर्तामोडमा ११ वर्षीय बालिकाको मृत्यु

Published: in समाज by .

बिर्तामोड । झापाको बिर्तामोडमा निर्माणाधीन घरको गेटले थिचेर एक बालिकाको मृत्यु भएको छ भने अर्की एक बालिका घाईते भएकी छन् ।

छिमेकीले बनाउँदै गरेको घरको गेटले थिचेर बिर्तामोड नगरपालिका वडा नं.१ को देवी पञ्चकन्यामा शुक्रबार साँझ दुई बालिका गम्भिर घाइते भएका थिए । घाइते दुवैलाई बिर्ता सिटी हस्पिटलमा उपचारका लागि ल्याइएकोमा ८ वर्षकी एन्जल सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

उनकी दिदी ११ वर्षीय एलुन सुनार घाइते भएकी उनको बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ । छिमेकी निर्मला चौहानको निर्माणाधीन घरका लागि ल्याएर राखिएको गेटले किच्दा उनीहरु दुबै घाइते भएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *