Sajhamanch Archive

विराटनगरमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

Published: (Updated: ) in समाज, स्वास्थ्य by .

विराटनगर । शनिबार विराटनगरमा थप २५ जना कोरोना संक्रमित थपिएका छन ।

कोशी अस्पताल विराटनगरमा जाँच गर्दा ८ महिलासहित थप २५ जनामा संक्रमण पुष्टि भएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । नयाँ थपिएका संक्रमितहरु ८ वर्षदेखि ६६ वर्ष उमेर समूहका छन् ।

विराटनगर महानगरपालिकाका अनुसार विराटनगर १ मा एकजना, विराटनगर ३ मा पाँचजना, विराटनगर ५ मा दुईजना सक्रमित थपिएका छन् । त्यस्तै विराटनगर ६ मा पाँचजना संक्रमित थपिएका छन् । त्यस्तै विराटनगर ८ मा एकजना, विराटनगर ९ मा दुई जना, ११ नम्बर वडामा एकजना, १३ मा एकजना, वडा नम्बर १५ मा एकजना, वडा नम्बर १६ मा तीनजना र वडा नम्बर १७ मा दुईजना कोरोना संक्रमित थपिएका हुन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *