Sajhamanch Archive

अमिताभसँग समय बिताउन रेखाले परिवर्तन गर्थिन् फिल्म शुटिङको समय

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by .

एजेन्सी .। सदाबहार सुन्दरी अभिनेत्री रेखा सधैँ चर्चामा आउने गर्छिन् । हुनतः रेखाको कहानी कुनै फिल्मभन्दा कम छैन । जब रेखाको नाम चर्चामा आउँछ उनीसँगै महानायक अमिताभ बच्चनको नाम पनि जोडिएर आउँछ ।

कुनै समय रेखा र अमिताभको अफेयरको निकै चर्चा हुने गथ्र्यो । उक्त समयका चर्चित भिलेन थिए रन्जित । रन्जितसँग जो कोहि पनि काम गर्न तयार रहन्थे । तर रेखालले रन्जितसँग फिल्म खेल्न अस्वीकार गरेकी थिइन् ।

किनकी रेखा उक्त समयमा अमिताभ बच्चनलाई लिएर निकै गम्भीर थिइन् । त्यसैले उनले रन्जितसँग फिल्म खेलिरहेकी थिइन् । उनी अमिताभसँग धेरैभन्दा धेरै समय बिताउन चाहान्थिन् । त्यसैले उनले निर्देशकलाई उनले तालिका फेरबदल गर्न शर्त राखिन् तर उनको प्रस्ताव अस्वीकार भयो ।

रन्जितले ९० को दशकमा ‘कारनामा’ फिल्म बनाइरहेका थिए । फिल्मको मूख्य भूमिकामा रेखा र धर्मेन्द्रले साइन गरेका थिए । रन्जितले साँझको समय रेखा र धर्मेन्द्रको शुटिङको समय राखेका थिए । तर, रेखालाई रन्जितले दिएको समय मन परेन जसको कारण थिए अमिताभ बच्चन ।

रेखाले यस विषयलाई लिएर रन्जितलाई सुटिङको समय बिहान गर्न र साँझको समय रेखालाई अमिताभसँग बिताउनुपर्ने बताएकी थिइन् । रन्जितले मुख्य भूमिकामा रेखा भएकाले उनको प्रस्ताव स्वीकार गर्नुपर्यो ।

रन्जितले एक अन्तरवार्तामा उनी उक्त फिल्मका कारण निकै तनाव भोगेको बताएका थिए । त्यसपछि चिन्तित भएका रन्जितले धर्मेन्द्रसँग सल्लाह मागे । र रेखालाई फिल्मबाट हटाए । पछि रन्जितले फिल्ममा विनोद खन्ना र फराह नाजलाई राखे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *