Sajhamanch Archive

ओली–मोदीबीच फोन संवाद

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतीय स्वतन्त्रता दिवसको उपलक्ष्यमा शुभकामना तथा बधाई दिएका छन् ।

प्रधानमन्त्री ओली आज प्रधानमन्त्री मोदीलाई फोन गरी बधाई तथा शुभकामना दिएका हुन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री अ‍ोली र प्रधानमन्त्री मोदी बीच टेलिफोन संवाद भएको बताएका छन् । दुईजनाको बीचमा अन्य के कुरा भयो त्यसको बारेमा परराष्ट्र मन्त्रालयबाट जानकारी आउने पनि उनले बताए ।

सीमा विवादलगायतका विषयमा भारतसँग दुरी बढिरहेको अवस्थामा प्रधानमन्त्री ओलीले स्वतन्त्रता दिवसको अवसर पारेर फोन संवाद गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *