Sajhamanch Archive

एनआइसी एसिया बैंकका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by .

झापा। झापा  एनआइसी एसिया बैंकका एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बैंकमा कार्यरत ४३ वर्षका पुरुषमा संक्रमण भएको पुष्टि भएको हो ।

बिर्तामोड नगरपालिकाले ५ दिनअिघ मास टेष्टिङ गरेको थियो । आज शनिबार रिपोर्ट पोजेटिभ आएको हो ।  उनी बैंकका प्रदेश कार्यालय बिराटनगरका कर्मचारी हुन् ।

बिर्तामोड नगरपालिकाले समुदायस्तरमा स्वाब संकलन गर्दा उनले पनि यहाँ स्वाव दिएको बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले जानकारी दिए । ट्रेसिङका क्रममा उनलाई समेत परीक्षण गर्नुपर्ने देखिएकाले स्वाब लिइएको थियो ।

बिर्तामोडमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि नभएको एनआइसीले स्पष्ट पारेको छ ।

यसअघि विर्तामोडकै एमएमबी बैंकको शाखामा कार्यरत कर्मचारीमा समेत कोभिड संक्रमण भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *