Sajhamanch Archive

सुनसरीमा एक युवकको विभत्स हत्या

Published: in मिडियाबाट साभार, समाज by .

सुनसरी । सुनसरीमा एक जना युवाको विभत्स तरिकाले हत्या भएको छ ।

भोक्राहा नरसिंह गाउँपालिकाका २१ बर्षिय युवा गुनानन्द यादवको हत्या भएको हो । हत्या गरी स्थानीय सुनसरी खोलामा शव फालिएको अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरिक्षक बिनोद शर्माले जानकारी दिए ।

हत्या के कारणले भएको भन्ने बिषयमा अनुसन्धान भैरहेको जिप्रका सुनसरीले जनाएको छ । हत्या गरेको आरोपमा केही व्यक्तिलाई प्रहरीले पक्राउ समेत गरेको प्रहरी नायव उपरिक्षक शर्माले बताए ।

स्रोत : पूर्वेली न्यूज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *