Sajhamanch Archive

लेवल परिवर्तन गरी औषधी बेच्ने पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

कमल । औषधीको लेभल परिवर्तन गरी बिक्री गर्ने एक व्यावसायीलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही सुरु गरेको छ ।

औषधीको लेवल परिवर्तन गरी मूल्य बढाएर विभिन्न अस्पताल र क्लिनिकमा बिक्री गर्दै आएका विराटनगरका जीवन अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएर कारवाहीका लागि औषधी व्यवस्था विभाग विराटनगर शाखामा बुझाएको प्रहरीले जनाएको छ ।

अग्रवालले विभिन्न प्रकारका औषधीको लेवल परिवर्तन गरी विराटानगरका विभिन्न अस्पताल भित्र रहेका औषधी पसलमा बिक्री वि तरण गर्ने गरेको औषधी व्यवस्था विभाग विराटनगरका निमित्त प्रमुख आशा थापाले जानकारी दिएकी हुन् ।

एकवर्ष अघि झापाको काँकरभिट्टाबाट अवैध औषधीसहित नियन्त्रणमा लिएर जिल्ला अदालत झापामा मुद्घा चलिरहेकै अवस्थामा अग्रवाल धरौटीमा छुटेका थिए ।

यतिबेला लेवल परिवर्तनको आरोपमा पक्राउ गरिएका अग्रवाललाई मोरङ्ग जिल्ला अदालतमाबाट म्याद थपगरी अनुसन्धान भइरहेको निमित्त प्रमुख थापाले बताइन् ।

 औषधी व्यवस्था विभाग विराटनगरका निमित्त प्रमुख आशा थापा

अग्रवालसँगै औषधी पसल सञ्चालक मौली फार्मेसीका प्रशान्त चौधरी, म्याम्स ईन्टरनेसनलका राजेश अग्रवालसमेतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीको नियन्त्रणमा रहेकामध्ये राजेश अग्रवाल ५० हजार धरौटीमा छुटेका र चौधरी विरामी भएकोले प्रहरीको निगरानीमा उपचार गराइरहेका विभागका प्रमुख थापाले जानकारी दिइन् ।

मानव स्वस्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने औषधीमा पछिल्लो समय ठूलै खेलबाड हुन थालेको छ ।
केही व्यक्तिहरुले धेरै कमाउने नियत राखेर कम गुणस्तरको औषधीमा कम्पनीले तोकेको भन्दा बढी मूल्यको लेवल लगाएर बेच्ने गरेको भेटिए पछि अस्पताल प्रशासन र सरोकारवालाहरुको ध्यान जान आवश्यक छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *