Sajhamanch Archive

एसबीआई बैंकका थप १२ कर्मचारीलाई कोरोना

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

बुटवल । भैरहवाको एसबीआई बैंकमा कार्यरत थप १२ कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शनिबार रुपन्देहीका १७ जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये बुटवल-११ का २ जना तथा वडा नंं १३ का १ जना र सिद्धार्थनगर नगरपालिकाका १४ जना छन् ।

१४ मध्ये १२ जना बैंकका कर्मचारी हुन। बैंकरोडमा रहेको बैंकका एकजना कर्मचारीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङका आधारमा अरुको पीसीआर परीक्षण गरिएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *