Sajhamanch Archive

म्यानचेस्टर सिटीलाई हराउँदै लियोन यूईएफए च्याम्पियन लिगको सेमिफाइनलमा

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । फ्रान्सेली लिग वान क्लब लियोन यूईएफए च्याम्पियन लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा प्रीमियर लिग क्लब म्यान्चेस्टर सिटीलाई ३-१ गोलले पराजित गर्दै च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।

लिस्बनमा भएको खेलमा लियोनको जितका लागि मोउसा डेम्बेलेले दुई गोल गरे । त्यस्तै म्याक्सवेल कोरेन्टले एक गोल गरेका थिए । सिटीका लागि केभिन डि ब्रुइनेले एक गोल फर्काएका थिए ।

खेलको २४ औं मिनेटमा कोरेन्टले गोल गर्दै लियोनलाई पहिलो हाफमा १-० गोलको अग्रता दिलाएका थिए । ६९ औं मिनेटमा सिटीका डि ब्रुइनेले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले रहिम स्टर्लिङको पासमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका हुन् ।

त्यसपछि खेलको ७५ औं मिनेटमा कप्तान मेम्फिस डेप्यको स्थान मैदान प्रवेश डेम्बलेले खेलको ७९ औं मिनेटमा हौसेम अओउअरको पासमा गोल गर्दै लियोनलाई पुनः २-गोलको अग्रता दिलाए । डेम्बलेले खेलको ८६ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै लियोनलाई ३-१ को जित दिलाएका हुन् ।

लियोनले अब फाइन प्रवेशका लागि जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखसँग खेल्ने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *