आजको मौसम पूर्वानुमान
Published: (Updated: )
by .काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुनी न्युन चापीय रेखा हाल दक्षिण तर्फ अवस्थित रहेको र बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाबका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएकोले देशभर आँशिकदेखि सामान्य बदली भएको जनाएको छ ।
आइतबार पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै हाल देशभर आँशिकदेखि समान्य बदली भइरहेको जानकारी दिएको छ ।
आइतबार दिउँसो देशभर आँशिकदेखि समान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख गरिएको छ ।
यसैगरी, राति देशभर सामान्यतया बदली रही केहि स्थानहरुमा मेघगर्जन,चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
Comments