Sajhamanch Archive

नेविसंघद्वारा देशव्यापी आन्दोलनको घोषणा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौंको कीर्तिपुर र वीरगन्‍जमा गिरफ्तार गरिएका विद्यार्थी नेताहरुको रिहाइको माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।

नेविसंघले आइतबार विज्ञप्ति जारी गरेर गिरफ्तार गरिएका विद्यार्थी नेताहरुको रिहाइको माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको हो ।

अध्यक्ष राजीव ढुंगानाद्वारा जारी विज्ञप्तिमा गिरफ्तार गरिएका विद्यार्थी नेताहरुको रिहाइको माग गर्दै भदौ २ गते देशव्यापी प्रदर्शन गरिने उल्लेख छ । त्यसअघि नेविसंघले भदौ १ गते देशभरका क्याम्पस बन्द गर्ने भएको छ ।

नेविसंघले त्रिभुवन विश्वविद्यालयका विकृति, विसंगति र राजनीतीक भागबन्डा अन्त्यको पनि माग गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *