Sajhamanch Archive

सिम्रिक र अमृत सहकारीबीच एकीकरण

Published: (Updated: ) in सहकारी, स्थानीय तह by .

बिर्तामोड । झापाको सिम्रिक र अमृत बचत तथा ऋण सहकारी बीच एकीकरण भएको छ ।

विर्तामोड नपा ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था र इलामको माई नपा २ दानावारीमा कार्यालय रहेको अमृत बचत तथा ऋण सहकारी संस्थावीच एकीकरण भएको हो ।

सरकारले ल्याएको सहकारी एकीकरणको नीति अनुसार दुई वटै सहकारीको उद्देश्य एउटै भएका कारण दुई सहकारीबीच एकीकरण गरिएको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलबहादुर वस्नेतले बताए ।

सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलबहादुर वस्नेतको अध्यक्षतामा भएको दुवै सहकारीको संयुक्त बैठकले प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय इटहरीमा दुवै सहकारी संस्थाबीच एकीकरणको अन्तिम स्वीकृतिका लागि बैठकले गरेको सर्वसम्मत निर्णयको प्रतिलिपी पठाएको थियो ।
जस अन्तर्गत प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय इटहरीले गत असार २८ गते दुवै सहकारी संस्थाबीच एकीकरणको अन्तिम स्वीकृति प्रदान गरे बमोजिम दुवै सहकारी संस्थाबीच एकीकरण गरिएको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलबहादुर वस्नेतले बताए । एकीकरणको आधिकारिक घोषणा दुवै सहकारीको एकीकृत साधारण सभाले गर्ने उनले वताए ।

यस अघि विर्तामोड नपा ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था र दमक नपा ६ मा रहेको चेतनशील बचत तथा ऋण सहकारी संस्थावीच पनि एकीकरण भएको र दुवै सहकारी संस्थाबीच एकीकरणको अन्तिम स्वीकृति प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय इटहरीले प्रदान गरेको थियो ।

प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय इटहरीका प्रमुख रामप्रसाद चापागाईंले सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलबहादुर वस्नेत, जनशक्ति व्यवस्थापन विभाग प्रमुख मिनवहादुर अधिकारी , चेतनशील बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष नविन योगीलाई अन्तिम स्वीकृतिको प्रमाण पत्र प्रदान गरेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका तालिम विभाग प्रमुख प्रेम वस्नेत (विजय)ले जानकारी दिए ।

सरकारले ल्याएको सहकारी एकीकरणको नीति अनुसार सिम्रिक बचत तथा ऋण सहकारी संस्था र अमृत बचत तथा ऋण सहकारी संस्थाको उद्धेश्य एउटै भएका कारण ती दुई सहकारीवीच एकीकरण गरिएको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलबहादुर वस्नेतले बताए ।

उनले दुई सहकारीवीच एकीकरण गरेसंगै अब उप्रान्त सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको नामबाट इलामको माई नपा २ दानावारीमा कारोबार गरिने वताए ।

उनले अमृत बचत तथा ऋण सहकारी संस्थासंग एकीकरण भएसंगै सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले अब इलामको माई नपा २ दानावारीमा पनि सेवाकेन्द्र सञ्चालनमा ल्याएर आफ्ना सदस्यहरुमाझ कारोबार गर्ने जानकारी दिए ।

उनले झापाका विभिन्न १८ वटा सदस्य सेवाकेन्द्रवाट शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गरिरहेको बताउँदै अव इलामको माई नपा २ दानावारीबाट पनि शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गरेर इलामका वासिन्दाको सुखदुःखमा सिम्रिकको मल्हमपट्टि लगाइने बताए ।

उनले सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले २०७७ साल असार मसान्तसम्म शेयर सदस्य २५ हजार ७ सय ९३ जना , शेयर पुँजी १५ करोड २५ लाख २३ हजार ९ सय रुपैयाँ , निक्षेप संकलन ५६ करोड ४५ लाख ६३ हजार ८ सय ४५ रुपैयाँ , ऋण लगानी ९२ करोड ७९ लाख ९३ हजार ६ सय ६३ रुपैयाँ रहेको बताए ।

त्यस्तै संस्थाको आम्दानी १९ करोड ७१ लाख ९३ हजार ८ सय रुपैयाँ , खर्च १७ करोड १६ लाख ९० हजार ७ सय ३७ रुपैयाँ गरी २ करोड ५४ लाख ८२ हजार ९ सय ३४ रुपैयाँ नाफा गरेको उनले बताए ।
त्यस्तै संस्थाले स्वास्थ्य उपचार, मृत्यु राहत, ऋणी सदस्यको मृत्युमा कर्जा मिनाहा लगायतको सेवा सुविधावापत ४१ लाख २९ हजार ७ सय ५३ रुपैयाँ शेयर सदस्यहरुलाई प्रदान गरेको उनले वताए ।
त्यसैगरी संस्थाले आर्थिक वर्ष २०७७ ÷ २०७८ का लागि ३ अर्व ८१ करोड ९७ लाख ३ हजार ६ सय २३ रुपैयाँको बजेट विनियोजन गरेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका सचिव सुवास भट्टराईले जानकारी दिए ।

त्यस्तै अमृत बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खेमप्रसाद ढकालले आफ्नो संस्था २०६७ सालमा स्थापना भई सञ्चालनमा रहेको बताउँदै सिम्रिक बचत तथा ऋण सहकारी संस्थासंग एकीकरण गर्न पाउँदा आफूहरु गौरवान्दित भएको बताए ।

उनले दुवै सहकारीवीच एकीकरण हुनु झापा र इलामका वासिन्दावीच भावनात्मक सम्वन्ध गाँसिएको बताउँदै अझ मजवुत वनेर शेयर सदस्यलाई वित्तीय सेवा प्रवाह गरिने जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *