Sajhamanch Archive

निर्मलालाई न्याय माग्दै प्रधानमन्त्री ओलीको फोटोमा कमेन्टको ओइरो

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्यायको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरमा कमेन्ट गरिएको छ ।

प्रधानमन्त्री ओलीको फेसबुक पेजमा रहेको प्रोफाइल पिक्चरमा कमेन्टको ओइरो लागेको हो । पछिल्लो २४ घण्टामा निर्मलाको न्यायको माग गर्दै तस्बिरसहितका कमेन्ट बढी देखिएका छन् । प्रधानमन्त्री ओलीले सन् २०१६ मा राखेको फेसबुक पेजको प्रोफाइल पिक्चरमा कमेन्ट आइरहेका हुन् ।

हालसम्म तस्बिरमा २ लाख बढीले कमेन्ट गरेका छन् । केही कमेन्ट पुराना भए पनि निर्मलाको न्यायको मागसहितका कमेन्ट पछिल्लो २४ घण्टामा बढेका हुन् । तर एकै व्यक्तिले पनि धेरैपटकसम्म कमेन्ट गरेको पाइएको छ । यो अभियान कसले सुरु गरेको खुलेको छैन । यसबारे प्रहरीले चासो दिए पनि आधिकारिक रुपमा कुनै प्रतिक्रिया दिएको छैन ।

वि.सं.२०७५ साउन ११ गते कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त घरनजिकैको उखुबारीमा मृत फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको खुलेको थियो । हत्यामा संग्लनको हालसम्म पनि पहिचान हुन सकेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *