Sajhamanch Archive

सोमबारको मौसम पूर्वानुमान

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । मनसुनी न्यून चापीय रेखा हाल दक्षिणतर्फ रहेकाले वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएका कारण वर्षा भइरहेको हो ।

अहिले देशभर आंशिक देखि सामान्य बदलीको रही प्रदेश ५ तथा कर्णाली प्रदेशका केही स्थान र बांकी प्रदेशका एक/दुई स्थानहरुमा वर्षा भइरहेको विभागको भनाइ छ ।

विभागका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सोमबार राति देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ विभागले जनाएको छ । गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश नं १ र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *