Sajhamanch Archive

विश्वमा संक्रमित दुई करोड १८ लाख बढी

Published: in विश्व समाचार, स्वास्थ्य by .

विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई करोड १८ लाख बढी पुगेको छ । एकै दिन दुई लाख १० हजार पाँच सय १७ नयाँ बिरामी थपिएसँगै विश्वमा संक्रमित संख्य दुई करोड १८ लाख १६ हजार चार पुगेको हो । सात लाख ७२ हजार छ सय ८१ जनाको मृत्यु भइसकेको छ ।

एक करोड ४५ लाख ५१ हजार तीन सय ५८ जना उपचारपछि घर फर्किएका छन् । ६४ लाख ९१ हजार नौ सय ६५ जना उपचाररत रहेकोमा ६४ हजार चार सय ७९ जनाको अवस्था गम्भीर छ । सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा संक्रमित संख्या ५५ लाख ६५ हजार तीन सय ६४ पुगेको छ । एक लाख ७३ हजार ९६ जनाको मृत्यु भइसकेको छ ।

२९ लाख २१ हजार ७० जना उपचारपछि घर फर्किएका छन् । २४ लाख ७१ हजार एक सय ९८ जना उपचाररत रहेकोमा १७ हजार दुई सय ३७ जनाको अवस्था चिन्ताजनक छ । ब्राजिलमा ३३ लाख ४० हजार एक सय ९७ जनामा संक्रमण फैलिएको छ । एक लाख ७८ हजार ५२ जनाको ज्यान गइसकेको छ ।

२४ लाख ३२ जार चार सय ५६ जनाले उपचारपछि कोरोना जितेका छन् । सात लाख ९९ हजार आठ सय ८९ जना उपचाररत छन् । भारतमा संक्रमित संख्या २६ लाख ४७ हजार तीन सय १६ पुगेको छ । एकै दिन ५८ हजार एक सय आठ जना संक्रमित थपिए । ५१ हजार ४५ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

१९ लाख १८ हजार ७६ जनाले उपचारपछि कोरोना पराजित गरेका छन् । छ लाख ७८ हजार एक सय ९५ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

रुसमा नौ लाख २२ हजार आठ सय ५३ जनामा संक्रमण पुष्टि भइसकेको छ । १५ हजार छ सय ८६ जनाले ज्यान गुमाएका छन् ।सात लाख ३२ हजार नौ सय ६८ जना उपचारपछि निको भएका छन् । एक लाख ७४ हजार दुई सय जना उपचाररत रहेकोमा दुई हजार तीन सयको अवस्था चिन्ताजनक छ ।एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *