Sajhamanch Archive

बिर्तामोडको आदर्श चोकमा यात्रु प्रतिक्षालय निर्माण

Published: in विविधा, समाज by .

बिर्तामोड । यात्रुहरुको सेवा सुविधालाई लक्षित गर्दै बिर्तामोड नगरपालिका वडा न ३, शहिद चन्द्र मार्ग अन्र्तगत रहेको आदर्श चोकमा यात्रु प्रतिक्षालय निर्माण गरिएको छ ।

पत्रकार धर्मेन्द्र भट्टराईले दिइएको जानकारी अनुसार कालीमाता मठ मन्दिर ब्यवस्थापन समितिको पहल एवम अगुवाईमा स्थानिय समाजसेवीहरुको श्रमदानमा यात्रु प्रतिक्षालयको निर्माण गरिएको हो । सो यात्रु प्रतिक्षालयको निर्माण पछि विषेश गरि आदर्श चोकबाट दक्षिण हुदै वि.न.पा–९, हल्दिवारी, जलथल, बालुबारी, बनियानी एवम् केचना सम्मका यात्रुहरुलाई सहज हुने विश्वास मन्दिर ब्यवस्थापन समितिले लिएको छ ।

प्रतिक्षालयमा यात्रुहरुको सुविधाको लागि खानेपानी समेत ब्यवस्था गरिएको छ । साथै सार्वजानिक धारा जडानका लागि विर्तामोड खानेपानी उपभोक्ता संस्थासगँ आवश्यक पहल गरिने मन्दिर ब्यवस्थापन समितिका अध्यक्षले बताएका छन् ।

प्रतिक्षालय निर्माणका लागि आवश्यक जस्ता पाता मन्दिर ब्यवस्थापन समिति तथा बास स्थानिय कृष्ण बा। दाहाल, तुलसी रोक्का र पुरण भट्टराईले उपलब्ध गराएको थियो । आगामी दिनमा कालीमाता मठ मन्दिर ब्यवस्थापन समितिले प्रतिक्षालयको संरक्षण एवं विकासका निम्ती दाता एवं संघ÷संस्थाहरू समक्ष आवश्यक समन्वय र सहकार्य गर्दै जाने मन्दिर ब्यवस्थापन समितिका अध्यक्षले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *