भद्रपुरमा एक दिने सचेतना कार्यक्रम
Published: (Updated: )
by .भद्रपुर । भदौ १ गतेबाट लागु हुन लागेको परिवर्तित मुलुकी ऐन भित्र रहेको जवरजस्तीकरणी कानून सम्बन्धी एकदिने सचेतना मुलक कार्यक्रम भद्रपुरमा सम्पन्न गरिएको छ ।
मोर्डन अंग्रेजी माध्यमिक विद्यालय भद्रपुरमा माध्यमिक तहमा अध्ययनरत विद्यार्थीप्रति लक्षित गरेर वडा प्रहरी कार्यालय भद्रपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा सचेतना कार्यक्रम सम्पन्न गरिएको हो ।
सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष शिला खड्का तथा वडा प्रहरी प्रमुख प्रकाश जवेगुको नेतृत्वमा सम्पन्न कार्यक्रममा पुरानो मुलुकी ऐनमा आएको परिवर्तन बारे प्रष्ट पारिएको थियो । किशोर किशोरी लक्षित सचेतना मुलक कार्यक्रमको सहजीकरण वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक जगेबुले गरेका थिए । कार्यक्रममा प्रिन्सिपल मंगल थापा लगायत शिक्षक शिक्षिकाले पनि सहभागिता जनाएका थिए ।
Comments