Sajhamanch Archive

शिवसताक्षीमा लकडाउन, विहान ८ देखि १२ बजेसम्म मात्रै बजार खुल्ने

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह, स्वास्थ्य by .

शिवसताक्षी । झापाका कोरोना भाइरस समुदायमा फैलन थालेपछि शिवसताक्षी नगरपालिकामा पनि लकडाउन हुने भएको छ ।

अन्य पालिकाहरुमा लकडाउन भइरहदा शिवसताक्षीमा कोरोना भाइरसको संक्रमणको जोखिम बढेकाले नगरपालिकाले आज राति १२ बजेदेखि ८ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

नगर कार्यापालिकाको बैठकले होटल बाहेका पसलहरु विहान ८ बजेबाट दिउँसो १२ बजेसम्म खोल्न पाउने निर्णय गरेको छ ।

हाट बजार भने अर्को सूचना नआएसम्म पूर्ण रुपमा बन्द गरिएको नगर प्रवक्ता नविन इजमले जानकारी दिए ।

व्यापारीले भौतिक दुरी कायम गरी सेनेटाइजर, मास्क, ग्लोब्स अनिवार्य रुपमा लगाएर मात्र पसल सञ्चालन गर्नु पर्ने नगरपालिकाले जनाएको छ ।

नगर भित्र भेला, गोष्ठी, योग शिविर, जीम खाना जस्ता समूहमा गर्ने कार्यक्रमहरु सबै बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै विवाह, ब्रतबन्ध, पुजा र मलामीमा भने २५ जनामा मात्र भेला हुन पाइने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले शिवसताक्षी भित्रका सबै विद्यालयका प्रशासनिक कामहरु पनि बन्द गरेको छ । नगरपालिकाले आफ्ना कर्मचारी,  बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई अनिवार्य परिचयपत्र साथमा लिएर मात्र कार्यक्षेत्रमा खटिन आग्रह गरेको छ । नगरभित्र सञ्चालित बैंक तथा वित्तीय संस्थाहरु १० बजेदेखि १ बजेसम्ममा सञ्चालन गर्न पाउने छन् ।

लकडाउन अवधिभर नगरभित्रका बजारमा औषधि पसल बाहेक अन्य तोकिएको समय भन्दा बाहिर सञ्चालन गरे कारवाही गरिने प्रवक्ता जानकारी दिएका छन्। लकडाउन अवधिभर नगरवासीलाई बिनाकारण घर बाहिर ननिस्कन समेत नगरप्रमुख चन्द्रकुमार सेर्माले आग्रह गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *