इलाममा क्वारेन्टिनमा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ
Published:
by .इलाम । इलामको क्वरेण्टीनमा रहँदा ज्यान गुमाएका युवकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
सूर्योदय नगरपालिकाको करफोक विद्या मन्दिरको क्वरेण्टीनमा ज्यान गुमाएका युवकको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । ती युवकको आइतबार राति ११ बजे ज्यान गएको थियो ।
भारतको हैदराबादबाट आएका उनी गत साउन २६ गतेदेखि क्वारेन्टिनमा थिए । रिपोर्ट नेगेटिभ आएकाले नगरवासीलाई त्रसित नहुन नगरपालिकाले आग्रह गरेको छ ।
Comments