Sajhamanch Archive

प्रदेश १ मा थपिए ८३ जना नयाँ कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा सोमबार ८३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा ३१, झापामा ७ र प्रदेशबाहिरका एकजना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा २९ जना संक्रमित थपिएका छन् । तीमध्ये १३ महिला र १६ पुरुष छन् । बेलबारीमा सात महिला र तीन पुरुष, बूढीगंगामा एक महिला, तीन पुरुष, सुन्दरहरैचामा एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा १२ महिला, ६ पुरुष, गढीमा ४ पुरुष, इनरुवामा ४ पुरुष, देवानगन्‍जमा ३ पुरुष, कोसी र रामधुनीमा एक- एक पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

त्यस्तै,झापाको दमकका चार पुरुष, शिवसताक्षीका दुई र कन्काईका एक पुरुष र जनकपुरका एक पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ९२ पुगेको छ ।

प्रदेश १ मा आज २४ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पतालबाट १७, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६, कोभिड १९ आईसोलेसन केन्द्र चौदण्डीगढी उदयपुरबाट एकजना डिस्चार्ज भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ९९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *