शिवसताक्षी नगरपालिकामा पहिलो पटक सहकारी दर्ता
Published: (Updated: )
by .शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकामा पहिलो पटक सहकारी दर्ता भएको छ । सरकारले २०७५ श्रावण २४ गते स्थानीयतहलाई सहकारी दर्ताको अनुमति दिएपछि शिवसताक्षीमा पहिलो पटक सहकारी दर्ता भएको हो ।
शिवसताक्षी नगरपालिका १ को जनता बचत तथा ऋण सहकारी संस्थाले सोमबार नगरपालिकामा दर्ता गरेको नगरपालिकका सहकारी प्रमुख बद्री दाहालले बताए । दर्ता पछि शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी राईले सस्थाका अध्यक्ष ध्रव कुमार बुढाथोकीलाई प्रमाण पत्र प्रदान गरेकी थिइन् ।
यस अघि शिवसताक्षी सञ्चालित सबै सहकारीहरु डिभिजन सहकारी भद्रपुरमा दर्ता भएका छन् । नगरपालिकामा मै दर्ता भएर सञ्चालन भएको यो पहिलो सहकारी हो ।
Comments