Sajhamanch Archive

विदेशबाट हुने उद्धार उडान अनिश्चितकालका लागि स्थगित

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by .

काठमाडौं । विदेशमा रहेका नेपाली कामदारको उद्धार उडान स्थगित भएको छ। विदेशमा रहेका नेपाली कामदार ठूलो संख्यामा नेपाल आउने भएकाले होटल तथा क्वारेन्टाइनको व्यवस्थापन नभएकोले तत्कालै उडान स्थगन गरिएको सिसिएमसीले जनाएको छ।

कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले सोमबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ,’ नेपालमा पछिल्लो समयमा बढ्दो कोरोना अवस्था। विभिन्न स्थानीय तहहरुले निषेधित क्षेत्र घोषणा गर्ने बढ्दो क्रम बढेको छ।’

होटल क्वारेन्टाइनका लागि व्यवस्था भएको जानकारी प्राप्त नभएको अवस्था विद्यमान भएकोले होटल क्वारेन्टाइन सुनिश्चितता हुने गरी मात्र उडान स्वीकृत दिने तथा यस अघिको उडान स्थगित गरिने विज्ञप्तिमा बताइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *